नियम १२७
सम्बद्धता निर्धारण समिति
(१) बढुवा प्रयोजनको लागि निजामती कर्मचारीले हासिल गरेको शैक्षिक उपाधि सम्बन्धित सेवा, समूह वा उपसमूहस“ग सम्बन्धित छ वा छैन भन्ने द्विविधा भएमा सो सम्बन्धमा देहाय बमोजिमको समितिले निर्णय गर्नेछ ः—
(क) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निकायको प्रमुख — अध्यक्ष
(ख) लोक सेवा आयोगको सचिव वा निजले तोकेको आयोगको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत — सदस्य
(ग) सामान्य प्रशासन मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत — सदस्य
(घ) नेपालको कुनै विश्वविद्यालयकोे सम्बद्धता निर्धारण गर्नु पर्ने विषयस“ग सम्बन्धित प्राध्यापक वा
विशेषज्ञ एक जना — सदस्य
(ङ) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निकायको प्रमुखले
तोकेको अधिकृत — सदस्य–सचिव
(२) बढुवा प्रयोजनको लागि निजामती कर्मचारीले हासिल गरेको तालीमको विषय, श्रेणी र स्तर सम्बन्धमा द्विविधा भएमा सो
विषयमा समकक्ष निर्धारण गर्न देहाय बमोजिमको सम्बद्धता निर्धारण समिति रहनेछ ः-
(क) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निकायको प्रमुख — अध्यक्ष
(ख) सामान्य प्रशासन मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ग) लोक सेवा आयोगको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत — सदस्य
(घ) सम्बद्धता निर्धारण गर्नु पर्ने तालीमको विषयस“ग सम्बन्धित प्रशिक्षण प्रतिष्ठान वा तालीम
केन्द्रको प्रमुख वा निजले तोकेको प्रतिनिधि एकजना — सदस्य
(ङ) सेवा, समूह वा उपसमूहस“ग सम्बन्धित मन्त्रालयको सचिव वा निकायको प्रमुखले
तोकेको तालीमस“ग सम्बन्धित विषयको विशेषज्ञ — सदस्य
(च) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय वा निकायकोे सचिवले तोकेको अधिकृत — सदस्य–सचिव
(३) बढुवाको सम्भाव्य उम्मेदवारले दरखास्तस“ग पेश गरेको शैक्षिक योग्यता र तालीमको सम्बन्धमा बढुवा समितिको बैठक
बस्नु भन्दा अगाडि उपनियम (१) र (२) बमोजिमका समितिले सम्बद्धता निर्धारण गरेमा त्यस्तो शैक्षिक योग्यता र तालीमको अङ्क समेत बढुवाको लागि गणना गरिनेछ ।
(४) यस नियम बमोजिमका समितिद्वारा सम्बद्धता निर्धारण गरिएका शैक्षिक योग्यताका विषयहरु सेवा, समूह वा उपसमूह
सञ्चालन गर्ने मन्त्रालय वा निकायले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नेछ ।
(५) उपनियम (१) र (२) बमोजिमको समितिको सचिवालय सेवा, समूह वा उपसमूहस“ग सम्बन्धित मन्त्रालयमा रहनेछ ।